अदालतले रिहा गरेका विप्लवका भतिजालाई प्रहरीद्वारा पुनः पक्राउ | Khabarhub Khabarhub

अदालतले रिहा गरेका विप्लवका भतिजालाई प्रहरीद्वारा पुनः पक्राउ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो । बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा बिहीबार दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले परासीको बुद्धचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दिलीप विप्लवका दाइ चन्द्रबहादुरका छोरा हुन् ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो ।

सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु चन्द समूहको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ५० बजे

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू