नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो « Khabarhub

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार विहीबार साँझ थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी पुरुष गत फागुन ३० मा साउदी अरबबाट नेपाल फर्किएका थिए ।

यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुरमा परीक्षणका क्रममा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौंमा परीक्षणका क्रममा कोरोना देखिनेमा उदयपुरकी ५५ वर्षीया महिला हुन् । यस्तै जनकपुरमा गरिएको परीक्षणमा कोरोना देखिनेमा १४ वर्षीया बालक छन् ।

बिहीबार साँझ थप एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ५० बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली