नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष : प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुपर्छ « Khabarhub

नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष : प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुपर्छ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले जारी गरेको अध्यादेशका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र मतविभाजन शुरु भएको छ ।

एक पक्षले अध्यादेश जारी हुनुपर्ने अडान राखेका छन् भने अर्को पक्ष अध्यादेश फिर्ता गराउन लागि परेका छन् । नेकपाको सचिवालय सदस्यमा पनि सरकारमा सहभागीले बचाउ गर्दा सरकार बाहिर रहेकाले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

आज (बिहीबार) दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमको भै‌सीपाटीस्थित निवासमा भएको भेलाले प्रधानमन्त्रीले विध्येयक फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो।

अध्यादेश जारी गरेर सरकारले ठीक नगरेको र पार्टीलाई ठूलो क्षति पुर्‍याएको र तुरुन्तै फिर्ता गर्नुपर्ने आजको भेलाले निचोड निकालेको एक नेताले बताए ।

भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा सचिवालय सदस्यहरु बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली निकट महासचिव विष्णु पौडेलसहितको भेलाले निकालेको यो निष्कर्षलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

भेलाले स्थायी कमिटी बैठक र सचिवालय बैठक बोलाउनुपर्ने निचोड पनि निकालेको छ । यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यादेशबारे छुट्टाछुट्टै परामर्श गरेका थिए।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५