लकडाउनमा बढी मूल्य लिने ४ पसललाई कारबाही « Khabarhub

लकडाउनमा बढी मूल्य लिने ४ पसललाई कारबाही


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारवाहीस्वरुप आज जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरिएको जनाएको छ ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले रु पचास हजार जरिवाना गरिएको छ । त्यस्तै इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत रु ५०/५० हजार जरिवाना गरिएको छ ।

इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट रु पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको उनले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : २३ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज