विश्वभर २१ लाख ५० हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त « Khabarhub

विश्वभर २१ लाख ५० हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५२ लाख ९७ हजार ६२६ मध्ये २१ लाख ५० हजार ३३२ जना संक्रमण मुक्त भएका हुन् ।

बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ ।

एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ ।

१८ लाख ६८ हजार १६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६७४ जनाको मृत्यु भएको छ । ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ५०१ जनाको मृत्यु भएको छ । ५ लाख ७८ हजार १२५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार २०४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२२ जनाको मृत्यु भएको छ । ८ हजार ७०३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६४० जनामध्ये ४ लाख ३३ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : ४१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा