श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू हुने « Khabarhub

श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू हुने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकामा आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने तयारी भएको छ ।

कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेल गतिविधी बन्द गरिएकोमा श्रीलंकामा आउदो जुनदेखि भने क्रिकेट सुचारु गर्ने त्यहाँको क्रिकेट बोर्डले तयारी गरेको छ।

श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको जानकारी दिएका छन् ।

प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ ।

सुरुमा २ फास्ट बलरबाट अभ्यास सुरु गर्ने र क्रमिकरूपमा टिमका सबै जनालाई जुन २० सम्म अभ्यासमा सहभागी गराउने उनले बताए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण श्रीलंकाले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिज रद्द गरेको थियो ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ६ : ०२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर