बैदेशिक रोजगारीमा मृत्यु भएका ५८ जना नेपालीको उतै अन्त्येष्टि गरिने « Khabarhub

बैदेशिक रोजगारीमा मृत्यु भएका ५८ जना नेपालीको उतै अन्त्येष्टि गरिने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ५८ जना नेपालीको विदेशमै अन्त्येष्टि गरिने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार परीवारले सहमती जनाएपछि कामका शिलशिलामा विदेशमा मृत्यु भएका ५८ नेपालीको उतै अन्त्येष्टि गर्न लागिएको हो ।

उनका अनुसार युएईमा ३२, साउदीमा ७, मलेसियामा २, कतारका ६, दक्षिण कोरियामा ३ जना अन्य विभिन्न मुलुकमा मृत्यु भएका ८ नेपालीको उतै अन्त्येष्टि गरिन लागिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्वका विभिन्न मुलुकले लगाएको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध तथा नेपाल सरकारले समेत उडानमा गरेको प्रतिबन्धले विदेशमा मृत्यु भएकाहरुको अन्त्येष्टि हुन सकेको थिएन ।

उता अन्त्येष्टि पनि गर्न परीवार सहमत नहुने तथा नेपालमा पनि शव ल्याउन नसकिएपछि बोर्ड अप्ठ्यारोमा पर्दै आएको थियो ।

अझै पनि अरू १४९ नेपालीको शव विदेशमै अलपत्र अवस्थामा छ । नेपाल ल्याउन सरकारले छुट्टै प्रबन्धसहितको आदेश नदिएसम्म शव ल्याउन सक्ने अवस्था नरहेको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : ३७ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो