भ्रष्टाचारको आरोपमा नेपाली सेनाका कर्नेल बर्खास्त « Khabarhub

भ्रष्टाचारको आरोपमा नेपाली सेनाका कर्नेल बर्खास्त


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी आर्थिक अनियमितता गरेको आरोपमा दोषी ठहरिएका छन् ।

नेपाली सेनाको समरी जनरल अदालतले कर्नेल अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, नेपाली सेनाको कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको छ ।

सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिनेछ । त्यस्तै भ्रष्टाचार आरोप लागेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) देवबहादुर क्षेत्रीको २ वर्ष बढुवा रोक्का हुने भएको छ । सैनिक अदालतले क्षेत्रीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गराउने फैसला गरेको छ ।

त्यस्तै हुद्धा योग्यराज पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको छ भने उनीबाट ३ लाख ६० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ ।

अर्का हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष ग्रेड रोक्का गर्ने र उनीबाट १० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ । लेखातर्फका सह सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई नसिहत दिने फैसला भएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा चलाइएको सैनिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै जंगीअड्डामा उजुरी परेको थियो । त्यसपछि एक जना सहायक रथीको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले तत्कालीन सम्पर्क अधिकृत अधिकारीसहित १८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तीमध्ये १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।

समरी अदालतको फैसलामाथि चित्त नबुझे दोषी ठहरिएका अधिकृत तथा कर्मजारीले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने छन् ।

सैनिक ऐन, २०६३ मा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले विशेष अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ । पुनरावेदन ३५ दिनभित्र गरिसक्नु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ५५ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक