भोलिबाट सञ्चय कोषबाट विशेष सापटी लिन सकिने « Khabarhub

भोलिबाट सञ्चय कोषबाट विशेष सापटी लिन सकिने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।

“लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो” विज्ञप्तिमा भनिएको छ ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।

कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ । लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्फत सुरक्षितरूपमा कोषका अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको कोषले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ०६ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति