भ्रष्टाचार आरोपमा सहायक रथी र महासेनानी सैनिक हिरासतमा « Khabarhub

भ्रष्टाचार आरोपमा सहायक रथी र महासेनानी सैनिक हिरासतमा


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका सहायक रथी प्रयोगजङ्ग राणा र महासेनानी नविन सिलवाललाई भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा राखिएको खुलेको छ ।

सहायक रथी राणा र प्रमुख सेनानी सिलललाई प्रमाण नस्ट गर्न नपाउन् भनेर विहिवार सुन्धारास्थित राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको छ ।

राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हालेका थिए । उपरथी हुने रोलक्रममा रहेका सहायकरथी राणाले भारतबाट एनडीसी कोर्स गरेका छन् ।

शुक्रवार सैनिक अदालते सेनाका महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने लगायतको निर्णय गरेको थियो।

नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरिरहेका बेला राणा र सिलवालमाथि छानविन चलिरहेको छ ।

राणामाथी दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पांचखालमा प्रमुख रहँदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जीपीओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानविन चलिरहेको छ ।

सिलवालमाथि पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा वस्दा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानविन चलिरहेको छ ।

सेनाले उपरथी आनन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत छन् ।

पांचखाल अनियमिततामा जोडिएका अन्य १२ जना सैनिक अधिकृतको बयान सकिएको छ । त्यसक्रममा त्यहांका सुवेदार मेजरलाई थुनामा राखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ४४ बजे

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ