भ्रष्टाचार आरोपमा सहायक रथी र महासेनानी सैनिक हिरासतमा « Khabarhub

भ्रष्टाचार आरोपमा सहायक रथी र महासेनानी सैनिक हिरासतमा


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका सहायक रथी प्रयोगजङ्ग राणा र महासेनानी नविन सिलवाललाई भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा राखिएको खुलेको छ ।

सहायक रथी राणा र प्रमुख सेनानी सिलललाई प्रमाण नस्ट गर्न नपाउन् भनेर विहिवार सुन्धारास्थित राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको छ ।

राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हालेका थिए । उपरथी हुने रोलक्रममा रहेका सहायकरथी राणाले भारतबाट एनडीसी कोर्स गरेका छन् ।

शुक्रवार सैनिक अदालते सेनाका महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने लगायतको निर्णय गरेको थियो।

नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरिरहेका बेला राणा र सिलवालमाथि छानविन चलिरहेको छ ।

राणामाथी दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पांचखालमा प्रमुख रहँदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जीपीओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानविन चलिरहेको छ ।

सिलवालमाथि पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा वस्दा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानविन चलिरहेको छ ।

सेनाले उपरथी आनन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत छन् ।

पांचखाल अनियमिततामा जोडिएका अन्य १२ जना सैनिक अधिकृतको बयान सकिएको छ । त्यसक्रममा त्यहांका सुवेदार मेजरलाई थुनामा राखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै