आज बदलीसँगै वर्षाको सम्भावना | Khabarhub Khabarhub

आज बदलीसँगै वर्षाको सम्भावना


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन।

पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भई मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ १० गते (शनिबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ ११ गते (आईतबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ १२ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १२ : ५२ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर

नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू

जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी