दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’ « Khabarhub

दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सिल गरेको हो ।

प्रतिबोरा रु ७८५ मूल्य पर्ने युरिया मल रु दुई हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सिल गरेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिए पनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । अनधिकृत खरिद गरेर महँंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मलमात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका प्रमुख भलबहादुर राईले बताए । वास्तविक मूल्यभन्दा रु एक हजार ४०० भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफूले प्रतिबोरा रु एक हजार ८०० ले खरिद गरेर राखेको बताए ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ४ : ३० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन