क्वारेन्टाइनमा भोकभोकै बस्न बाध्य « Khabarhub

क्वारेन्टाइनमा भोकभोकै बस्न बाध्य


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टाइनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् ।

नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी गगन मण्डलले भने, “क्वारेन्टाइनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेको तर वडाध्यक्षले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा बित्दा पनि खानाको बन्दोबस्त हुन नसकेको पाइएको छ ।”

नगरपालिका—२ का वडाध्यक्ष शेख सलामले यस सम्बन्धमा आफूले तत्कालै नगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको प्रतिक्रिया दिए । भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उहाँले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि उनीहरुलाई शुक्रबारदेखि नगरपालिकाले मावि निगौलको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको थियो । हाल त्यहाँ २५ जना रहेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ४ : ०४ बजे

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

दैलेख– दैलेख जिल्लाका विभिन्न वन क्षेत्रको जग्गा अतिक्रमण हुनेक्रम बढेपछि

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित

सुकुम्वासीका बच्चाको दुःख : नगर प्रहरीले ‘कैदीझैँ’ विद्यालय ‌ओसार्छ

काठमाडौं- सुकुम्वासी बस्ती हटाउने सरकारको अभियानअन्तर्गत हालसम्म काठमाडौं उपत्यकाका खोला