अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण « Khabarhub

अन्तिम समयमा रोकियो भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित भएको छ।

परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताएअनुसार आगामी सोमबारदेखि दुई दिने भ्रमणका लागि आउन लागेका मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको हो ।

वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते नयाँ सरकार बनेपछि दक्षिणी छिमेकी दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो ।

उक्त भ्रमणका क्रममा मिश्रीले वालेन्द्रलाई भारत भ्रमणको निम्तो पनि दिने तयारी थियो । तर वालेन्द्र आफैंले मिश्रीसँग भेट्न समय ननिकालेपछि भ्रमण स्थगित भएको हो ।

नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने गरी मिश्री नेपाल आउन लागेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहीअनुसार नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुनेबित्तिकै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई पनि दिएका थिए ।

तर सम्बन्धलाई नयाँ शिराबाट लैजानका लागि हुन लागेको भनिएको भ्रमण बालेनसँग भेट नै नहुने अवस्था आएपछि रोकिएको हो ।

उता दिल्लीले भने मिश्रीको अन्य तालिकाका कारण भ्रमण सारिएको जानकारी परराष्ट्रलाई पठाएको छ। दिल्ली र भारतीय दूतावासले अन्तिम समयमा भ्रमण स्थगनको कारण केही बताएका छैनन्।

यस्तो थियो तालिका

मिश्री यही सोमबार नेपाल भ्रमणमा आउने तयारी थियो । दुई दिने भ्रमणका लागि उनी आइतबार काठमाडौंमा उत्रिँदै थिए ।

उनी परराष्ट्र मन्त्रालयका सचिव अमृत राईको निमन्त्रणमा उनी दुई दिने भ्रमणका लागि आउन लागेका थिए ।

भ्रमणका क्रममा दुई देशका सचिवबीच बहुआयामिक सम्बन्धका विविध पक्षमा कुरा हुने बताइएको थियो ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले नेपाल सरकारका उच्च नेतृत्वसँग भेट गर्ने योजना थियो। तर प्रधानमन्त्रीसँग भेट सम्भव नहुने भएपछि उनी रोकिएका हुन् ।

यो भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालसहितका नेताहरूसँग संवाद गर्ने तयारी थियो । तर बालेनले उनलाई भेट्ने समय ननिकालेको स्रोतको दाबी छ।

नेपाल भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने सम्भावना थियो । मिश्री २०८२ असार १४ गते भारतीय विदेश मन्त्रालयका सचिव बनेका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  २ : ४७ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी