९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ | Khabarhub Khabarhub

९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरी प्रहरीले नौ लाख नेपाली रुपियाँसहित एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला अन्तर्गत बथनाहा ग्राम पञ्चायत वडा नं. १७ निवासी फुलकुमार मेहता छन् ।

लकडाउनको उल्लंघन गर्दै झोलामा दुई केजी चिनीमा लुकाएर ल्याउँदै गरेको नगदसहित निजलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१४ बाट प्रहरी चौकी रम्पुरा मल्हनियाँको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

नगद सहित निजलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाई थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : ४२ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्