ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

ब्रिटिस गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री प्रदान


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यका साथ वेलफेयरले अस्पताललाई सर्जिकल मास्क, गाउन, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

वेलफेयरले ५०० थान सर्जिकल मास्क, १०० थान डिस्पोजल सर्जिकल गाउन, १०० थान फेस सिल्ड, १०० थान केएन ९५ मास्क, २०० थान सर्जिकल पञ्जा, १०० थान सुकभर, १०० थान हेडक्याप र ५०० थान डिस्पोजेबल पञ्जा प्रदान गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताए।

वेलफेयरका प्रमुख सुवास राईले आज अस्पताल सञ्चालन तथा विकास समितिका सदस्य ध्रुवलक्ष्मी राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्लाको एकमात्र सरकारी अस्पताललाई यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

सामग्री नहुँदा कोरोना परीक्षणको काम नै रोकिएको अवस्थामा वेलफेयर तथा स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री उपलब्ध गराएसँगै परीक्षणको कामलाई अगाडि बढाइने अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बवि चाम्लिङले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले भने आआफ्नो क्षेत्रमा स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमले स्वास्थ्य सामग्री खरिद गरेर परीक्षण गरिरहेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ०८ बजे

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र

आसियान सम्मेलनमा रुबियो-लाभरोभ भेटवार्ता, युक्रेन र इरान युद्धबारे छलफल

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुन आवश्यक : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी  (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुक