बाँकेको नरैनापुरमा मात्रै ११४ जना कोरोना संक्रमित « Khabarhub

बाँकेको नरैनापुरमा मात्रै ११४ जना कोरोना संक्रमित


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नैरैनापुर गाउँपालिकामा मात्रै ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ ११४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा शनिबार कोरोना पुष्टि भएको जानकारी दिएको थियो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पनि पोजेटिभ देखिएको हो ।

गाउँपालिकाले यस्तो अवस्थामा क्वारेन्टाइनबाट समुदायस्तरसम्म संक्रमण फैलिने खतरा रहेको हुँदा स्थिति नियन्त्रणबाहिर जाँन नदिन उच्चस्तरीय चिकित्सक टोलीसहति थप सुरक्षाकर्मी परिचालन गर्न समेत अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा कूल संक्रमितको संख्या १४२ पुगेको छ । तीमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ०३ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि