बाँकेको नरैनापुरमा मात्रै ११४ जना कोरोना संक्रमित « Khabarhub

बाँकेको नरैनापुरमा मात्रै ११४ जना कोरोना संक्रमित


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको नैरैनापुर गाउँपालिकामा मात्रै ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ ११४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा शनिबार कोरोना पुष्टि भएको जानकारी दिएको थियो ।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पनि पोजेटिभ देखिएको हो ।

गाउँपालिकाले यस्तो अवस्थामा क्वारेन्टाइनबाट समुदायस्तरसम्म संक्रमण फैलिने खतरा रहेको हुँदा स्थिति नियन्त्रणबाहिर जाँन नदिन उच्चस्तरीय चिकित्सक टोलीसहति थप सुरक्षाकर्मी परिचालन गर्न समेत अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा कूल संक्रमितको संख्या १४२ पुगेको छ । तीमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ०३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब