गुल्मी मदानेका थप एकमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

गुल्मी मदानेका थप एकमा कोरोना संक्रमण पुष्टि


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी-गुल्मी मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आएको पीसीआर रिपोर्टमा ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

मदानेका ४१ वर्षीय शिक्षकमा यही जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालयले प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो ।

तीमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज रिपोर्ट आएका पाँचमध्ये बैंक कर्मचारी एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई तत्कालका लागि मदाने गाउँपालिकाकै आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पनि कहाँ र कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : ४४ बजे

प्रधानमन्त्री ओली स्पेनका नरेशले गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२