भेनेजुएलाका राष्ट्रपति मदुरोले भने- डोनाल्ड ट्रम्पसँग भेट्न तयार छु « Khabarhub

भेनेजुएलाका राष्ट्रपति मदुरोले भने- डोनाल्ड ट्रम्पसँग भेट्न तयार छु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफू अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले आफूले समाजवादी नेता मदुरोसँग सत्ता हस्तान्तरणका लागि भेट गर्न विचार गरिरहेको बताएको भनाइ सार्वजनिक भएपछि मदुरोको यो प्रतिक्रिया आएको हो।

‘समय आएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ससम्मान कुरा गर्न तयार छु’ राज्य नियन्त्रित समाचार संस्था एभिएनसँग मदुरोले भने।

ट्रम्पले एक अन्तरवार्तामा राष्ट्रपति मदुरोसँग भेट गर्ने बारेमा सोचिरहेको बताएका थिए। पछि उनले सोमबार गरेको ट्विटमा आफ्नो सो भनाइ परिवर्तन गरिसकेका छन्।

‘मेरो प्रशासन सँधै स्वतन्त्रताको पक्ष र मदुरोको दमनकारी शासनको विपक्षमा उभिएको छ। म मदुरोसँग उनको शान्तिपूर्ण सत्ता बहिर्गमनको बारेमा छलफल गर्नका लागि मात्र उनीसँग भेट गर्नेछु’, ट्रम्पले भनेका थिए।

मदुरोले ट्रम्पको भनाइलाई उल्लेख नगरी ‘जसरी जोए बाइडनसँग कुरा गरे, त्यसैगरी ट्रम्पसँग कुरा गर्न सक्छु’ भनेका छन्।

डेमोक्रेटिक उम्मेदवार बाइडन आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको विरूद्ध प्रतिष्पर्धा गर्दैछन्।

मदुरोले सन् २०१५ मा बाइडनसँग भेट गरेका थिए, बाइडन बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा त्यहाँका उपराष्ट्रपति थिए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : १५ बजे

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार

यु–१९ एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न