भेनेजुएलाका राष्ट्रपति मदुरोले भने- डोनाल्ड ट्रम्पसँग भेट्न तयार छु « Khabarhub

भेनेजुएलाका राष्ट्रपति मदुरोले भने- डोनाल्ड ट्रम्पसँग भेट्न तयार छु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफू अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेट गर्न तयार रहेको बताएका छन्।

ट्रम्पले आफूले समाजवादी नेता मदुरोसँग सत्ता हस्तान्तरणका लागि भेट गर्न विचार गरिरहेको बताएको भनाइ सार्वजनिक भएपछि मदुरोको यो प्रतिक्रिया आएको हो।

‘समय आएपछि म राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ससम्मान कुरा गर्न तयार छु’ राज्य नियन्त्रित समाचार संस्था एभिएनसँग मदुरोले भने।

ट्रम्पले एक अन्तरवार्तामा राष्ट्रपति मदुरोसँग भेट गर्ने बारेमा सोचिरहेको बताएका थिए। पछि उनले सोमबार गरेको ट्विटमा आफ्नो सो भनाइ परिवर्तन गरिसकेका छन्।

‘मेरो प्रशासन सँधै स्वतन्त्रताको पक्ष र मदुरोको दमनकारी शासनको विपक्षमा उभिएको छ। म मदुरोसँग उनको शान्तिपूर्ण सत्ता बहिर्गमनको बारेमा छलफल गर्नका लागि मात्र उनीसँग भेट गर्नेछु’, ट्रम्पले भनेका थिए।

मदुरोले ट्रम्पको भनाइलाई उल्लेख नगरी ‘जसरी जोए बाइडनसँग कुरा गरे, त्यसैगरी ट्रम्पसँग कुरा गर्न सक्छु’ भनेका छन्।

डेमोक्रेटिक उम्मेदवार बाइडन आगामी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पको विरूद्ध प्रतिष्पर्धा गर्दैछन्।

मदुरोले सन् २०१५ मा बाइडनसँग भेट गरेका थिए, बाइडन बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा त्यहाँका उपराष्ट्रपति थिए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : १५ बजे

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल

सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै

काठमाठौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन

भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल

काठमाडौं– काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज– गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी