महामारीका बेला यसरी सावधानी अपनाउनुहोस सार्वजनिक शौचालयमा « Khabarhub

महामारीका बेला यसरी सावधानी अपनाउनुहोस सार्वजनिक शौचालयमा


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

-सार्वजनिक शौचालय पनि कोरोना भाइरस प्रसारको जोखिम क्षेत्र भएकाले सावधानी अपनाउन विज्ञहरूले सल्लाह दिँदै आएका छन् ।

-सार्वजनिक शौचालयमा धेरैले प्रयोग गर्ने ट्वाइलेट पेपर, धारा, फ्लस, ढोकाको चुकुल छोएपछि साबुनपानीले मिचीमिची हात धुन विज्ञको सुझाब छ ।

-बन्द शौचालयभित्र भाइरसयुक्त छिटाहरू रहिरहन्छन् । त्यसैले समय–समयमा सार्वजनिक शौचालयलाई डिसइन्फेक्टेन्टबाट सफाइ गर्नुपर्छ ।

-स्वास्थ्यविज्ञहरूले सावधानी अपनाएर सार्वजनिक शौचालय प्रयोग गर्न सकिने बताएका छन् ।

-संक्रमितको दिशामा भाइरसको जिन भेटिए पनि त्यसबाट संक्रमण फैलिन सक्ने प्रमाण पाइएको छैन । ज्येष्ठ नागरिक, दीर्घरोगीलगायत कोभिड–१९ को जोखिम समूहले सार्वजनिक शौचालय प्रयोगमा बढी सावधानी अपनाउनुपर्ने स्वास्थ्यविज्ञहरूको भनाइ छ ।

-शौचालयका ढोकाका ह्यान्डल स्टिलका हुन्छन् । स्टिलमा करिब तीन दिनसम्म कोरोना भाइरस जीवित रहन सक्ने हुनाले विज्ञले सावधानी अपनाउन आग्रह गरेका हुन् । तर, त्यसरी ह्यान्डल छोएपछि साबुनपानीले राम्रोसँग हात धुँदा भाइरस शरीरमा फैलिने जोखिम नहुने उनीहरूको भनाइ छ ।

-सार्वजनिक शौचालय प्रयोगका क्रममा हातमा पन्जा लगाउँदा भाइरसको जोखिम नहुने चिकित्सकको भनाइ छ ।

-कोरोना संक्रमितलाई अलग्गै शौचालयको व्यवस्था मिलाउन चिकित्सकले आग्रह गर्नुको कारण पनि भाइरस अरूमा नसरोस् भनेर नै हो ।

-विज्ञान जर्नल ‘फिजिक्स अफ फ्लुइड्स’मा १५ जुनमा प्रकाशित रिपोर्टअनुसार सार्वजनिक शौचालयलाई बारम्बार सफाइ गर्नु जरुरी छ । त्यसो गर्दा भाइरस प्रसारको जोखिम कम हुने रिपोर्टमा उल्लेख छ ।

-शौचालयमा फ्लस गर्दा एरोसोल र ड्रपलेट्स निस्केर हावा नमिसिऊन् भनेर पनि बारम्बार सफा गरिरहनुपर्नेमा रिपोर्टमा जोड दिइएको छ । तर, सार्वजनिक शौचालयको प्रयोगबाट भाइरस फैलिने जोखिम कति बढी छ भन्नेबारे यकिन भइसकेको छैन ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : १७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००