‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा « Khabarhub

‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न ‘खाना नफालौँ’ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ ।

अभियानलाई गाउँ बस्ती एवं टोलटोलमा प्रचारप्रसार गर्दै प्रत्येक होटल तथा रेष्टुरेन्टमा खाना नफाल्नका लागि सचेतनामूलक सूचना सामग्री राख्न लगाइने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

गाउँपालिकाले बाँझो जमीन राख्ने कामलाई निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने नीति लिएको छ । कम्तीमा पाँच रोपनी जग्गा वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गरिने अध्यक्ष कुँवरले बताए ।

पालिकालाई कोदोमा आत्मनिर्भर बनाउँदै यसको प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार मेनुमा राख्न अनिवार्य गरिने बताउँदै उनले यसको प्रवद्र्धनका लागि विगत वर्षदेखि सञ्चालित कोदो महोत्सवलाई निरन्तरता दिइने जानकारी दिए ।

गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूललगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाई आकर्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाभित्रका कृषि समूह, विभिन्न नमूनाका कृषिफार्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिको रूपमा विकास गरिने जनाइएको छ ।

गाउँपालिकाभित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै अध्यक्ष कुँवरले कौसीखेती, करेसाबारी तथा घर बगैँचामा, पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिने बताए ।

‘एक कृषक, एक दुहुनो गाई र भैँसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउँदै दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधारका लागि अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ४५ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा