पहिलोपटक कालापानी सीमाको १ नम्बर पिल्लर पुगेको सशस्त्रको टोली फर्कियो « Khabarhub

पहिलोपटक कालापानी सीमाको १ नम्बर पिल्लर पुगेको सशस्त्रको टोली फर्कियो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलोपटक कालापानीको सीमा नाका १ नम्बर पिल्लर पुगेको सशस्त्र प्रहरी बलको गस्ती टोली फर्किएको छ ।

बीओपीका प्रमुख प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जनाको टोली गस्ती १ नम्बर स्तम्भसम्म पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले बताए ।

सरकारले दार्चुलाको छाङरुमा स्थापना गरेको बोडर आउट पोष्ट (बीओपी) को केही दिन अघि पहिलो पटक गस्तीका क्रममा कालापानीस्थित १ नम्बर पिल्लर पुगेको थियो । टोलीले यसअघि छाङरु आसपासको क्षेत्रमा मात्र गस्ती गर्दै आएको थियो ।

केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूमि मिचेर सडक बनाएपछि नेपालमा विरोध भएको थियो । भारतले नेपाली भूमि मिचेको विरोधभएसँगै नेपालले आफ्नो भूमि भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।

गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ३१ बजे

कास्की–४ मा कांग्रेसका दीपक रानाभाट अगाडि

कास्की– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को सार्वजनिक मतपरिणाम

आफैंलाई मोसो दल्दै माओवादी छाडेका रहबरलाई फाप्यो रास्वपा, फराकिलो मतान्तरले विजयी

बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र