मंगलबार एकैदिन थपिए ५३८ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

मंगलबार एकैदिन थपिए ५३८ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ९९ पुगेको जानकारी दिएका हुन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, सप्तरीका २ जना पुरुष, सुनसरीका २ जना महिला र एकजना पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा
मोरङका १ जना पुरुष तेह्रथुमका २ जना पुरुष, झापाका ८ जना महिला र एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना पुरुष र मोरङका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक जना महिला र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ पुरुष र सप्तरीका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ जना महिला , अर्घाखाँचीका २ जना पुरुष, बाग्लुङका एक महिला र ५ पुरुष, बझाङका ३ जना महिला र १६ जना पुरुष, बाजुराका ११ जना महिला र ९ जना पुरुष, डडेल्धुराका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी धादिङका एकजना महिला र १७ जना पुरुष, गोरखाका ६ जना महिला र ७ जना पुरुष, गुल्मीका एकजना महिला र २ जना पुरुष, कैलालीका एकजना महिला र १५ जना पुरुष, कञ्चनपुरका २ महिला र ७ जना पुरुष, कास्कीका ४ महिला र ३ जना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, पर्वतका ४ जना महिला र १७ जना पुरुष, प्युठानका ५ जना पुरुष, रौतहटका एकजना महिला र १२ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी रुपन्देहीका एकजना पुरुष, सर्लाहीका २ जना पुरुष, सिराहाका एकजना महिला र ६ जना पुरुष र स्याङ्जाका २ महिला र ७ जना पुरुष, र तनहुका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा धनुषाका ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ महिला र ३ जना पुरुष, स्याङ्जाका एक महिला र ५ जना पुरुष, बाग्लुङका ८ जना पुरुष, गोरखाका २ महिला र ९ पुरुष, कास्कीका एक पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, नवलपरासी पुर्वका एकजना पुरुष, तनहुँका ७ जना पुरुष, स्याङ्जाका एकजना महिला र ६ जना पुरुष र पर्वतका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीषणमा गुल्मीका २ जना पुरुष पाल्पाका ४ जना महिला र ४४ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युठानका एकजना महिला र ४४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका ४ जना पुरुष, सुर्खेतका ८ जना महिला र १५ जना पुरुष, दैलेखका एक महिला र २ जना पुरुष र हुम्लाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एकजना पुरुष, दैलेखका एकजना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका २ जना महिला र ३ जना पुरुष, बझाङका २ महिला र एकजना पुरुष डडेल्धुराका एक महिला र २ जना पुरुष, कैलालीका ६ जना महिला र १६ जना पुरुष र कञ्चनपुरका ३ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म १० हजार ९९ पुगेको छ ।  नयाँ संक्रमति पुष्टि भएका मध्ये ९० महिला र ४४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।

गत २४ घण्टामा ४ हजार ९ सय ९५ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमले बताए । नेपालमा हालसम्म १ लाख ८६ हजार ३६६ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमको भनाइ छ । हालसम्म नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मंगलबार जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक ८ महिला र ६८ जना गरी ७६ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार २ सय २४ उपचारपछि निको भएका छन्।

कोरोनाले ज्यान गुमाउनेको संख्या २४ पुग्यो

नेपालमा मंगलबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुष, कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला र ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष गरी २३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ०० बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन