साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान « Khabarhub

साउदी अरबमा नेपाल एयरलाइन्सको पहिलो पटक चार्टर उडान

नियमित उडानमा जोड


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले पहिलो पटक साउदी अरबमा चार्टर उडान गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीको उद्धार नेपाल एयरलाइन्समार्फत भएको हो ।

गत आइतबार साउदी अरबको रियादबाट २४७ जना नेपालीको उद्धार भएकोमा मंगलबार राति फेरि अर्को चार्टर विमान जेद्दा उड्दैछ ।

जेद्दाबाट नेपाल एयरलाइन्सको विमान बुधबार नेपाली श्रमिक लिएर स्वदेश फर्किने तालिका छ । पहिलो पटक साउदी अरबको रियाद पुगेको नेपाल एयरलाइन्सको विमानले जेद्दामा पनि पहिलो पटक नै उडान भर्न लागेको हो ।

यो चार्टर उडानका लागि नेपाल एयरलान्समार्फत गिल्ट ट्राभल्स र जियोल्याण्ड ट्राभल्सले बुकिङको जिम्मा पाएको छ । जसअनुसार जेद्दाको चार्टर उडानमा मंगलबार दिउँसोसम्म २०० जनाको बुकिङ भइसकेको जियोल्याण्ड ट्राभल्सका प्रबन्ध निर्देशक शरद शर्माले जानकारी दिए ।

नेपाल एयरलाइन्सको विमान साउदीसम्म लैजान साउदीको जेद्दास्थित कन्सुलेन्ट रेवती पौडेलको पहल रहेको बताइएको छ ।

अहिले संकटको बेला नेपाल एयरलाइन्स साउदीसम्म पुगेको भन्दै शर्माले अवस्था सामान्य भएपछि पनि नियमित उडानको पहल हुनुपर्नेमा जोड दिए ।

ठूलो संख्यामा नेपाली रहेको साउदीमा नियमित उडान हुन सके देशको आर्थिक समृद्धिमा टेवा पुग्न सक्ने उनको भनाइ छ ।

पहिलो चरणमा सरकारले साउदीबाट ३ हजार ३ सय १२ नेपालीको उद्दार गर्दैछ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ३७ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ