पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

पहिरोले पुरिएका सवारी साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो। योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको हो ।

प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले मंगलबार पहिरो पन्छाउने क्रममाथप एक शव फेला परेको जानकारी दिए।

मंगलबार अन्दाजी २० वर्षीय पुरूषको शव पहिरोले पुरिएको अवस्थामा फेला परे पनि मृतकको पहिचान भने नखुलेको पाण्डेले बताए।

शुक्रबार रातभर आएको अविरल वर्षाका कारण तानसेन नगरपालिका वडा नं. ११ सम्मोबारीमा गएको पहिरो हटाउने क्रममा सडकमा रोकिएका चार वटा सवारी साधन पुनः माथिबाट झरेको पहिरोमा पुरिएका थिए।

यसअघि उक्त पहिरोमा परी सोमबार चितवनको भरतपुर उपमहानगरपालिका वडा नं. २९ बस्ने वर्ष ३३ का वीर बहादुर गुरुङ, काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षीय निवेक श्रेष्ठ र पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. २ बस्ने ३२ वर्षीय भुवन खाम्चाको मृत्यु भएको थियो।

पहिरोमा लु १ क १९२८ नं. को ट्यांकर, लु २ ख १३७६ नं. को मिनी ट्रक, लु १ च ७०११ नं. को अल्ट्रो कार ट्याक्सी, लु २ त ७०४३ नं. को कुखुरा बोक्ने पिकअप जीप पुरिएका थिए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ४२ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ