पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

पहिरोले पुरिएका सवारी साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो। योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको हो ।

प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले मंगलबार पहिरो पन्छाउने क्रममाथप एक शव फेला परेको जानकारी दिए।

मंगलबार अन्दाजी २० वर्षीय पुरूषको शव पहिरोले पुरिएको अवस्थामा फेला परे पनि मृतकको पहिचान भने नखुलेको पाण्डेले बताए।

शुक्रबार रातभर आएको अविरल वर्षाका कारण तानसेन नगरपालिका वडा नं. ११ सम्मोबारीमा गएको पहिरो हटाउने क्रममा सडकमा रोकिएका चार वटा सवारी साधन पुनः माथिबाट झरेको पहिरोमा पुरिएका थिए।

यसअघि उक्त पहिरोमा परी सोमबार चितवनको भरतपुर उपमहानगरपालिका वडा नं. २९ बस्ने वर्ष ३३ का वीर बहादुर गुरुङ, काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षीय निवेक श्रेष्ठ र पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. २ बस्ने ३२ वर्षीय भुवन खाम्चाको मृत्यु भएको थियो।

पहिरोमा लु १ क १९२८ नं. को ट्यांकर, लु २ ख १३७६ नं. को मिनी ट्रक, लु १ च ७०११ नं. को अल्ट्रो कार ट्याक्सी, लु २ त ७०४३ नं. को कुखुरा बोक्ने पिकअप जीप पुरिएका थिए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ४२ बजे

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।