वृक्षारोपण गरी ओलम्पिक दिवस मनाइयो « Khabarhub

वृक्षारोपण गरी ओलम्पिक दिवस मनाइयो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्षको बोट रोपेको छ ।

ओलम्पिक कमिटिको कार्यालय सातदोबाटोमा रुद्राक्ष रोपेर दिवस मनाएको हो ।

विगतमा ओलम्पिक दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना हुँदै आए पनि यो वर्ष कोरोना महामारीका कारण कुनै कार्यक्रम आयोजना गर्न नपाइएको कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

कोरोनाका कारण विश्वभरी नै ओलम्पिकका कार्यक्रमहरु खुम्चिएको उल्लेख गर्दै उनले नेपाल ओलम्पिक कमिटिले कार्यालय प्राङ्गणमा रुद्राक्ष रोपेको र जुममार्फत अन्तर्कृया कार्यक्रम गरिएको बताए ।

सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको छ ।

दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आए पनि यो वर्ष कुनै ठूला कार्यक्रम आयोजना भएनन् । कोरोनाका कारण विश्वभरीका खेलाडीहरुले आफैं घरमा बसेर अनलाइन वर्क आउट गरेर दिवस मनाएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : २२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको