ठमेलका व्यावसायीले छाड्न थाले सटर | Khabarhub Khabarhub

ठमेलका व्यावसायीले छाड्न थाले सटर


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनले व्यापार व्यवसाय गर्ने समस्यामा परेका छन् । लकडाउनले व्यापार ठप्प भएपछि समस्यामा परेका व्यावसायीले सटर नै छाड्न थालेका छन् ।

व्यावसायीले ५० प्रतिशत पनि भाडा तिर्न नसक्दा सटर धमाधम खाली गर्न थालेका हुन् ।

लकडाउनका कारण करीब तीन महिनाअघिबाट प्रायः व्यवसायहरु बन्द छन्। तर पूर्णरुपमा पर्यटकमै निर्भर ठमेल क्षेत्रमा संचालित व्यवसायहरु भने त्योभन्दा लगभग एक महिनाअघिबाटै कारोबारबिहिन हुन थालेका थिए।

चीनलगायतका विभिन्न मुलुकमा कोरोनाको असर गहिरिँदै जान थालेदेखि नै नयाँ पर्यटक नेपाल आउन छाडे, आएका पनि बसाई छोट्याएर फर्किने रफ्तार ह्वात्तै बढ्यो। यसको सोझो असर राजधानीको पर्यटकीय बजार ठमेलमा सटर थापेर बसेका व्यावसायीहरुको कारोबारमा देखियो।

त्यसैको असरस्वरुप व्यापार र आम्दानी दुवै बन्द हुँदा व्यावसायीहरु सटरको भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पछिल्ला केही दिनयता ठमेलमा व्यवसाय संचालन भइरहेका करीब सात सय सटर बन्द भइसकेको ठमेल पर्यटक विकास परिषद्का महासचिव ध्रुव अधिकारीले बताए।

आम्दानी नहुँदा सटरको महंगो भाडा तिर्न नसकिने भन्दै व्यावसायीले खाली गर्न थालेका हुन्। यतिबेला बजारहरु खुले पनि व्यापार छैन। ८० प्रतिशत बाह्य र २० प्रतिशत आन्तरिक पर्यटकले चल्ने ठमेलको व्यापार व्यवसाय कोरोना भाइरसको महामारीले थलिएको छ।

लकडाउन खुकुलो पारिए पनि सार्वजनिक यातायात र हवाई उडान अझै बन्द छ। कोरोनाको असर सबैभन्दा गहिरो र लामो समयसम्म पर्यटनमा नै पर्ने स्पष्ट छ। यसैले अझै कहिलेसम्म विदेशी पर्यटक नआउने हुन् भन्ने अहिलेसम्म कुनै संकेत छैन।

खर्च धान्न नसक्दा व्यावसायीले सटर छाडिरहेको ठमेल पर्यटक विकास परिषद्का महासचिव अधिकारी बताउँछन्। परिषद्ले हालको अवस्थालाई मघ्यनजर गर्दै सरकार र ठमेल क्षेत्रका घरधनीसँग एक वर्षका लागि घरभाडामा ५० प्रतिशत छुटका लागि माग गरिरहेको छ।

‘केही घरधनी छुट दिन सहमत छन्, केहीले दिन सक्दैनौं भन्दैछन्,’ उनले भने, ‘बन्दले व्यापार नहुँदा व्यावसायीले आधा घरभाडा पनि तिर्न नसक्ने भएर सटर खाली गर्न थाले।’

ठमेलमा १७ सय घरधनीका भवन तथा सटर भाडामा लिएर विभिन्न प्रकारका व्यवसाय गर्दै आएका करीब ५२ सय व्यावसायी छन्। अर्काको घर भाडामा लिएर व्यावसायीले होटल, रेष्टुरेन्ट, पसल र बिभिन्न प्रकारका व्यवसाय गरिआएका हुन्। केही दिनयता ६०० देखि ७०० जना व्यावसायीले सटर छोडिसकेको अधिकारीले बताए।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ४५ बजे

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग