प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर हिँडाएपछि (भिडियोसहित) « Khabarhub

प्रहरीले चितुवालाई दाम्लोमा बाँधेर हिँडाएपछि (भिडियोसहित)


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यतिबेला सामाजिक सञ्जालमा एक प्रहरीले दाम्लोले चितवालाई बाँधेर हिँडाएको दृश्य चर्चामा छ । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ। सँगै हिँडेको भीड रमाइलोका लागि अनि फोटो खिच्न ।

नाम्लोमा बाँधेर चितुवालाई डोर्‍याउदै हिड्ने प्रहरी हुन अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन चोकका प्रहरी जवान अनिल कार्की । दृश्यमा खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ ।

पोहोरदेखि तनहुँ जिल्लाका विभिन्न भागका बासिन्दा चितुवाबाट आजित छन् । धेरै जिल्लामा यसको आतंकले घटनाहरु भएका छन् । घरपालुवा पशु चौपाया खाइदिने भएकाले चितुवालाई आतंकमात्रै होइन त्रास बढाउने जन्तुका रूपमा लिने गरिएको छ ।

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मानिसहरुले ज्यान गुमाएका समाचारहरु आएका छन् । यस्तो जनावरलाई खसीबोका जसरी दाम्लोमा बाँधेर मानिसहरुले लुरुलुरु हिँडाएको भिडियो भाइरल हुनु स्वभाविक देखिन्छ ।

सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा चितुवा देखेका थिए ।

https://www.facebook.com/kalkiawatar/videos/3182780515146566/?t=77

स्थानीयले उक्त चितुवालाई सुरुमा लखेट्न खोजेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । कमजोर र बिरामीजस्तो देखिने चितुवाले प्रतिकार गरेन । त्यसपछि दाम्लोले बाँधियो । प्रहरी र स्थानीयले भेटिएको बगरबाट हिँडाएर मूल बाटोसम्म ल्याए । भाइरल भएका फोटो र भिडियो त्यही बेलाको हो ।

चितुवालाई दाम्लोमा बाँधेर डोर्‍याएका अस्थायी ट्राफिक पोष्ट मिलन चोकका ट्राफिक प्रहरी जवान अनिल कार्कीले कुनै आक्रमण नगर्ने निश्चित भएपछि मात्रै डोर्‍याएका थिए । मिलन चोक ल्याएपछि जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेको थियो । सहायक वन अधिकृतलाई पठाएर चितुवालाई केजमा हालेर कार्यालयमा ल्याइएको थियो ।

उद्धार गरिएको उक्त चितुवा लट्ठिएको अवस्थामा रहेको र त्यति सक्रिय पनि नरहेको उनको भनाइ छ । चितुवालाई वन कार्यालयभित्रै उपचार गराएर औषधि दिइएको छ ।

पर्वतमै उपचार सम्भव नभए राष्ट्रिय प्रकृति सरक्षण कोषसँग समन्वय गरेर चितवन पठाउन पनि सकिने श्रेष्ठले जानकारी दिए । चितुवा बुढो भएको र खाना नपाएर बिरामी भएको अनुमान गरिएको छ ।

पर्वतमा मानव वन्यजन्तु द्वन्द्वका घटनाहरु धेरै हुने गरेका छन् । विगतका वर्षमा वन्यजन्तुको आक्रमणका वार्षिक ७५/७६ वटा घटनाहरु हुने गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : १८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको