प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरी « Khabarhub

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामले बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा १-१ गोलको बराबरीमा सकिएको छ । घरेलु मैदानमा मासुन ग्रीनवुडले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो ।

खेलको ५१औं मिनेटमा ग्रीनवुडले गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

युनाइटेडका पाउल पोग्बाले डिबक्स भित्र हातले बल रोक्दै ह्यान्ड गरेपछि वेष्ट ह्यामले पेनाल्टी पाएको थियो ।

घरेलु मैदानमा बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेडको बराबरीसँगै शीर्ष चारमा रहने टिमको टुंगो अन्तिम खेलबाट तय हुने भएको छ ।

वेष्ट ह्याम भने ३८ अंक जोडेर १५औं स्थानमा रहँदै रेलिगेसनबाट जोगिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : १४ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण