प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरी | Khabarhub Khabarhub

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामले बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा १-१ गोलको बराबरीमा सकिएको छ । घरेलु मैदानमा मासुन ग्रीनवुडले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो ।

खेलको ५१औं मिनेटमा ग्रीनवुडले गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

युनाइटेडका पाउल पोग्बाले डिबक्स भित्र हातले बल रोक्दै ह्यान्ड गरेपछि वेष्ट ह्यामले पेनाल्टी पाएको थियो ।

घरेलु मैदानमा बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेडको बराबरीसँगै शीर्ष चारमा रहने टिमको टुंगो अन्तिम खेलबाट तय हुने भएको छ ।

वेष्ट ह्याम भने ३८ अंक जोडेर १५औं स्थानमा रहँदै रेलिगेसनबाट जोगिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : १४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र