उपत्यकामा सवारीसाधनको चाप बढ्यो, ट्राफिकका सबै नियम लागू « Khabarhub

उपत्यकामा सवारीसाधनको चाप बढ्यो, ट्राफिकका सबै नियम लागू

सार्वजनिक यातायातमा बढी यात्रु चढाउनेलाई संक्रमण रोग नियन्त्रण ऐनअन्तर्गत मुद्धा लाग्ने



काठमाडौं । कोभिड १९ रोकथामका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउन सरकारले झण्डै चार महिनापछि मंगलबार अन्त्य भएको घोषणा गरेको छ ।

यससँगै अहिले उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । यसअघि असार १ गते सरकारले लकडाउन खुकुलो बनाउँदै निजी सवारीसाधन जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

तर त्यो प्रणाली हटेसँगै आज अर्थात् बुधवारदेखि सम्पुर्ण सवारीसाधन चल्न थालेका छन् । सार्वजनिक यातायात र जोर बिजोर प्रणाली हटेसँगै सडकमा सवारीसाधनको चाप देखिन थालेको छ ।

एकातिर कोरोना भाइरस संक्रमणको जोखिम हटिसकेको छैन भने अर्कोतिर सडकमा चाप बढेको छ यसलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ? महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल भन्छन्, ‘यसमा महाशाखाले तत्काल विशेषगरी तीनवटा जीम्मेवारीलाई अघि बढाएका छौं ।’

‘पहिलो कुरा ट्राफिक व्यवस्थापन नै हो, लकडाउनअघि जसरी काम गरिरहेको थियो त्यही ढंगबाट अघि बढेका छौं’ ढकालले खबरहबसँग भने, ‘स्वास्थ्य र सामाजिक प्रोटोकलका कुरामा ध्यान दिइरहेका छौं ।’

लकडाउन पूर्वका सबै नियमहरु पुनः लागू

महाशाखाले लेनअनुशासन, मादक पदार्थ सेवन, अनाधिकृत पार्किङ, तीव्र गति, ओभर लोड, नम्बर प्लेट नराखेको मोटरसाइकल/गाडी, अनावश्यक हर्न बजाउने लगायत २५ भन्दा बढी नियमहरु पुनः लागू गरेको छ ।

जसमा विशेषगरी सवारी चालक र सहचालकले ध्यान पुर्‍याउन जरुरी देखिन्छ ।

‘लकडाउनका कारण रोकिएका यी ट्राफिक नियमहरु आजबाट कडाईका साथ लागू भएको छ’ उनले भने, ‘चिट काट्ने र जरिवाना लिने काम भइरहेको छ ।’

त्यसो त सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत मात्र यात्रु चढाउन पाउने सरकारले निर्णय गरेको छ । यद्यपी सरकारको यो निर्णय विपरीत सवारी चालकहरुले यात्रु चढाउने गरेको पनि पाइन्छ ।

तर कोभिड १९ मापदण्डभन्दा विपरीत यसरी यात्रु चढाउने सवारीसाधनलाई कस्तो कारवाही हुन्छ त ? ‘५० प्रतिशतभन्दा बढी यात्रु चढाउने सवारी साधनलाई होल्ड गरिनेछ कारबाही गर्छौ । त्यसपछि पनि अटेर गर्नेलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० अन्तर्गत मुद्धा चल्छ’ उनले भने ।

लामो दूरीका यातायात चल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात निर्णय गरेको जानकारी दिए ।

यद्यपी आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै लामो दूरीका सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५७ बजे

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र