‘कृष ४’ मा चार फरक भूमिकामा देखिँदै ऋतिक « Khabarhub

‘कृष ४’ मा चार फरक भूमिकामा देखिँदै ऋतिक


८ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ ।

लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका निभाउँदै आएका ऋतिकले चौथो भागमा ४ फरक–फरक भूमिका निभाउन लागेका हुन् ।

भारतीय मिडियाका अनुसार फिल्मको कहानीमा पनि परिवर्तन गरिएको छ । यद्यपि फिल्म युनिटले यसबारेमा कुनै प्रतिक्रिया भने जनाएको छैन ।

अहिले फिल्मको प्री–प्रोडक्सनको काम शुरु भइसकेको छ । फिल्मलाई राकेश रोशनले निर्देशन गर्नेछन् ।

ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज ‘कृष’ का यसअघि ३ सिरिज हिट भइसकेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ११ : ०५ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)