विभिन्न १५ जिल्लामा मध्यम वर्षा, आकस्मिक बाढी आउन सक्ने चेतावनी « Khabarhub

विभिन्न १५ जिल्लामा मध्यम वर्षा, आकस्मिक बाढी आउन सक्ने चेतावनी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ ।

सोही क्षेत्रका केही स्थानमा भारो वर्षासमेत भएकाले आकस्मिक आसपासका नदीनाला तथा खोलाखोल्सीमा बाढी आउन सक्ने केन्द्रले चेतावनी दिएको छ ।

केन्द्रले सर्लाही, रौतहट, बारा र रूपन्देही भएर बहने साना नदीमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

यस्तै आगामी तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान पनि गरिएको छ ।

आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्क रहन केन्द्रले आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : २० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका