विभिन्न १५ जिल्लामा मध्यम वर्षा, आकस्मिक बाढी आउन सक्ने चेतावनी « Khabarhub

विभिन्न १५ जिल्लामा मध्यम वर्षा, आकस्मिक बाढी आउन सक्ने चेतावनी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   विभिन्न १५ जिल्लामा मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले बिहान ९ बजे गरेको अपडेट अनुसार पछिल्लो तीन घण्टामा सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास मध्यम वर्षा भइरहेको छ ।

सोही क्षेत्रका केही स्थानमा भारो वर्षासमेत भएकाले आकस्मिक आसपासका नदीनाला तथा खोलाखोल्सीमा बाढी आउन सक्ने केन्द्रले चेतावनी दिएको छ ।

केन्द्रले सर्लाही, रौतहट, बारा र रूपन्देही भएर बहने साना नदीमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

यस्तै आगामी तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा बहाव केही बढ्ने पूर्वानुमान पनि गरिएको छ ।

आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्क रहन केन्द्रले आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : २० बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट