मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने १७ टिप्स | Khabarhub Khabarhub

मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने १७ टिप्स


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलत खानपान, खराब जीवनशैली सुधारेमा आधाभन्दा बढि रोगको खतरा टरेर जान्छ । तर हामीहरु खनपानमा जीवनशैलीमा निकै लापरबाहि गर्दै आएका छौ । अनि जब रोग लाग्छ त्यसपछि मात्र मानिसमा यसबारे सजगता बढ्ने गर्दछ ।

त्यसैले सम्भव भएसम्म कुनै पनि रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो विकल्प हुन्छ । पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएको छ । यसको मुख्य कारण पनि खानपान र जीवनशैली नै हो । तसर्थ मिर्गौला रोग लाग्नबाट बच्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. शरीरलाई सकेसम्म श्रम पर्ने, पसिना निस्कने काममा सक्रिय बनाउनु पर्दछ ।
२. आराम गरेर दिन काट्नु भन्दा काम नभए पनि व्यायाम वा शारीरिक श्रम गर्नु पर्दछ ।
३. अनियमित सुत्ने, उठ्ने र खाने बानी त्यागेर नियमित गर्नुपर्दछ ।
४. अनिन्द्राले समेत मिर्गौला रोगको जोखिम बढाउँने भएकाले ८ घण्टा सुत्न आवश्यक छ ।
५. लगातार एकै स्थानमा घण्टौ बसिरहनु हुदैन यसले पनि मिर्गौलाको रोग हुन सक्छ ।
६. पिसाब लाग्नासाथ गरीहाल्नु पर्दछ । रोकेर राख्दा यसले पनि मिर्गौलामा हानि पार्दछ ।
७. अत्यधिक मोटोपन पनि मिर्गौलाको रोगको कारण बन्ने भएकाले वजन घटाउनु पर्दछ ।
८. अत्याधिक मात्रामा जंकफुडको सेवनले पनि मिर्गौलालाई असर पार्दछ ।
९. शरीरमा पानीको मात्र पर्याप्त नभएमा पनि कमै उमेरबाट मिर्गौलाको रोग लाग्दछ ।
१०. यसलाई स्वस्थ राख्न भिटामिन, खनिज, प्रोटिन लगायतका पोषणको सेवन गर्नुपर्दछ ।
११. नुनमा सोडियमको मात्रा अधिक हुने भएकाले नुनको सेवन सकेसम्म कम गर्नुपर्दछ ।
१२. ज्यादा नुनको सेवनका कारणले पनि मिर्गौलामा पत्थरीको समस्या हुनसक्छ ।
१३. फलफूलको रस, दालको झोल लगायतका पेय पदार्थ पिउने बानि बसाउनु पर्दछ ।
१४. तर बजारमा पाइने चिसो पेय, चिया तथा कफीले भने मिर्गौलालाई हानी पुर्याउँछ ।
१५. जतिसुकै धेरै पिडा भए पनि चिकित्सकको परामर्श बिना औषधी सेवन गर्नु हुदैन ।
१६. धुम्रपान तथा मद्यपानको कुलत त्याग्नु पर्दछ । यसले मिर्गौलालाई असर पार्दछ ।
१७. बेला बेलामा स्वास्थ्य परीक्षण गराइ राख्नु पर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ३५ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र