मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने १७ टिप्स « Khabarhub

मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने १७ टिप्स


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलत खानपान, खराब जीवनशैली सुधारेमा आधाभन्दा बढि रोगको खतरा टरेर जान्छ । तर हामीहरु खनपानमा जीवनशैलीमा निकै लापरबाहि गर्दै आएका छौ । अनि जब रोग लाग्छ त्यसपछि मात्र मानिसमा यसबारे सजगता बढ्ने गर्दछ ।

त्यसैले सम्भव भएसम्म कुनै पनि रोग लाग्न नदिनु नै सबैभन्दा राम्रो विकल्प हुन्छ । पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएको छ । यसको मुख्य कारण पनि खानपान र जीवनशैली नै हो । तसर्थ मिर्गौला रोग लाग्नबाट बच्न निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. शरीरलाई सकेसम्म श्रम पर्ने, पसिना निस्कने काममा सक्रिय बनाउनु पर्दछ ।
२. आराम गरेर दिन काट्नु भन्दा काम नभए पनि व्यायाम वा शारीरिक श्रम गर्नु पर्दछ ।
३. अनियमित सुत्ने, उठ्ने र खाने बानी त्यागेर नियमित गर्नुपर्दछ ।
४. अनिन्द्राले समेत मिर्गौला रोगको जोखिम बढाउँने भएकाले ८ घण्टा सुत्न आवश्यक छ ।
५. लगातार एकै स्थानमा घण्टौ बसिरहनु हुदैन यसले पनि मिर्गौलाको रोग हुन सक्छ ।
६. पिसाब लाग्नासाथ गरीहाल्नु पर्दछ । रोकेर राख्दा यसले पनि मिर्गौलामा हानि पार्दछ ।
७. अत्यधिक मोटोपन पनि मिर्गौलाको रोगको कारण बन्ने भएकाले वजन घटाउनु पर्दछ ।
८. अत्याधिक मात्रामा जंकफुडको सेवनले पनि मिर्गौलालाई असर पार्दछ ।
९. शरीरमा पानीको मात्र पर्याप्त नभएमा पनि कमै उमेरबाट मिर्गौलाको रोग लाग्दछ ।
१०. यसलाई स्वस्थ राख्न भिटामिन, खनिज, प्रोटिन लगायतका पोषणको सेवन गर्नुपर्दछ ।
११. नुनमा सोडियमको मात्रा अधिक हुने भएकाले नुनको सेवन सकेसम्म कम गर्नुपर्दछ ।
१२. ज्यादा नुनको सेवनका कारणले पनि मिर्गौलामा पत्थरीको समस्या हुनसक्छ ।
१३. फलफूलको रस, दालको झोल लगायतका पेय पदार्थ पिउने बानि बसाउनु पर्दछ ।
१४. तर बजारमा पाइने चिसो पेय, चिया तथा कफीले भने मिर्गौलालाई हानी पुर्याउँछ ।
१५. जतिसुकै धेरै पिडा भए पनि चिकित्सकको परामर्श बिना औषधी सेवन गर्नु हुदैन ।
१६. धुम्रपान तथा मद्यपानको कुलत त्याग्नु पर्दछ । यसले मिर्गौलालाई असर पार्दछ ।
१७. बेला बेलामा स्वास्थ्य परीक्षण गराइ राख्नु पर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ३५ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध