किन विवादमा आइरहन्छन् दुर्गेश थापा ? | Khabarhub Khabarhub

किन विवादमा आइरहन्छन् दुर्गेश थापा ?


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले यसपटक लगातार तीजका गीत सार्वजनिक गरिरहेका छन् । उनका केही गीत लोकप्रिय पनि छन् ।

गतवर्षको तीजमा ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेपछि दुर्गेश एकाएक चर्चामा आए । पहिले पनि उनको चर्चा त हुन्थ्यो । तर, यो गीतले धेरै दर्शकमाझ परिचित गरायो ।

गीतबाट दुर्गेशले तारिफ पनि पाए । यसपटकको तीजमा भने दुर्गेशलाई धेरैले तालीभन्दा बढी गाली दिएका छन् ।

एकपछि अर्को गीत सार्वजनिक गरेका दुर्गेशको कतिपयले विरोध गरेका छन् । हालै सार्वजनिक गरेको ‘बीच्च बीच्चमा ३’ नामक गीतमा महिलाको पोशाकमा प्रस्तुत भएपछि उनको थप विरोध भएको छ ।

दुर्गेशलाई सामाजिक सञ्जालमा महिलाहरुको चाडको अपमान गरेको भन्दै गाली गरिएको छ । दुर्गेशले भने यसअघि अरुले पनि महिलाको पोशाक लगाएर फिल्म तथा भिडियोमा अभिनय गरेको बताएका छन् ।

उनले ‘महानायक (राजेश हमाल) ले पनि फिल्ममा सारी लगाएको’ उदाहरण दिएका छन् ।

गतवर्ष पनि दुर्गेशले तिहारको अवसर पारेर सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले विवादमा तानेको थियो ।

यो गीतमा प्रयोग गरिएका केही शब्दका कारण उनीविरुद्ध प्रहरीमा उजुरीसमेत परेको थियो । पछि उनले गीत हटाएर पुनः परिमार्जनसहित अपलोड गरेका थिए ।

यतिबेला पनि दुर्गेश विवादमा तानिएका छन् । दुर्गेशका फ्यानले भने उनको सफलताका कारण केहीले खुट्टा तान्न खोजेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ११ : ५६ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम