कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउनू : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कोरोनाको जोखिम टरेको छैन, चाडपर्व घरमै बसेर मनाउनू : स्वास्थ्य मन्त्रालय


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व घरमै बसेर मनाउन आम जनसमुदायमा अपिल गरेको छ ।

लकडाउन खोले पनि संक्रमण नघटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले नेपालीहरुको धार्मिक तथा सांस्कृतिक चाडपर्व शुरु भएको भन्दै घरमै बसेर यस्ता चाडपर्व मनाउन आग्रह गरेका छन् ।

उनले भने, ‘चाडपर्वहरु आफ्नै घरमा भिडभाड नगरी मनाउन तथा चाडपर्व मनाउँदा अनावश्यक भिडमा नजान अनुरोध छ।’

उनले चाडपर्व मनाउँदा कोरोनाबाट बच्ने सबै उपाय अपनाउन पनि आग्रह गरेका छन् ।

‘यो महिना धेरै धार्मिक र सांस्कृतिक हिसाबले पनि धेरै चाडपर्व भएको महिना भएकाले भिडभाड हुने सम्भावना भएको महिना हो,’ डा गौतमले भने, ‘सबैले चाडपर्व मनाउँदा कोभिडबाट बच्न अपनाउनुपर्ने सावधानीहरु बुझ्न र पालना गर्न जरुरी हुन्छ ।’

लकडाउन खुकुलो भएका अन्य देशहरुमा कोरोना संक्रमितको संख्या झनै बढ्न थालेको पनि डा गौतमले बताए । उनले पाहुना बोलाउने तथा धार्मिक कार्यका लागि समुदायमा सामेल नहुन पनि आग्रह गरे ।

‘घरमा पाहुना बोलाउने जमघट गरेर रमाइलो गर्ने वा आस्थाका आधारमा धार्मिक समारोहमा सामेल हुने समय भैसकेको छैन,’ डा गौतमले भने, ‘बाहिर हेरेर कसलाई कोभिड संक्रमण छ वा छैन भन्न गाह्रो हुने भएकाले सकेसम्म भिडमा सामेल नहोऔं ।’

उनले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको दोहोर्‍याए । उनले अत्यावश्यक काम पर्दा मात्र घर बाहिर निस्किन आग्रह गरे ।

उनले सुगर, दम, श्वासप्रश्वास, मुटु, मिर्गौला लगायत  विभिन्न दीर्घ रोगका समस्या भएका बिरामीहरु कोरोनाको बढी जोखिम हुने भएकाले उनीहरुको विषेश हेरचाह गर्न पनि आग्रह गरेका छन् ।

उनले दीर्घ रोगी, बालबालिकासहित सबैले कोरोना नियन्त्रणको उपाय अपनाउनुपर्ने पनि बताए । उनले सार्वजनिक स्थल तथा पसलमा किनमेल गर्न जाँदा मास्क लगाएर मात्र जान पनि आग्रह गरे ।

उनले समय-समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, सामाजिक दूरी कायम गर्ने लगायतका सावधानी अपनाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ५ : २५ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा