प्रचण्डको सचिवालयले नेता शर्मामाथि गरिएको आशंकाको गर्‍यो खण्डन « Khabarhub

प्रचण्डको सचिवालयले नेता शर्मामाथि गरिएको आशंकाको गर्‍यो खण्डन


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मासँग जोडिएर आएका समाचारमा सत्यता नभएको स्पष्ट पारेको छ।

बिहीबार दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले विज्ञप्ति जारी गर्दै शर्मा पार्टी एकताकै पक्षमा रहेर प्रचण्डलाई सहयोग गरिरहेको दाबी गरेका छन्।

जुगलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ। अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो। कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं।’

दाहालको सचिवालयले मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप निन्दनीय छ भएको जनाएको छ ।

‘वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : २० बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३