आज दोहोरो अंकले बढ्यो शेयर « Khabarhub

आज दोहोरो अंकले बढ्यो शेयर


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अंकले बढेर एक हजार ४४२.६१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अंकले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर रु एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ मा खरिदबिक्री भए ।

कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेको छ । विकास बैंक ३.६५ र सामूहिक लागनी कोष ०.०४ अंकले घटेका छन् । यस्तै बैंकिङ ३, व्यापार ७.९४, होटल ४२.५५, जलविद्युत् ६.६२, वित्त १.४९, निर्जीवन बीमा १८५.७, उत्पादन १७.८५, अन्य ४.७७, लघुवित्त २७.६५ र जीवन बीमा १५४.६७ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ३२ लाख ३९ हजार ६७९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १० करोड २९ लाख ५६ हजार ८५३, शिखर इन्स्योरेन्सको रु आठ करोड पाँच लाख १८ हजार ८९६, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रु सात करोड ७० लाख चार हजार ९५ र एनएमबी बैंकको रु छ करोड ३२ लाख २२ हजार ६९ मा खरिद-बिक्री भयो ।

आज सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त विकास बैंकका शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै ओरियन्टल होटल ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.४४, वेष्ट फाइनान्स सात र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.७० प्रतिशतले कमाए ।

मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.३६ प्रतिशतले गुमाए । यस्तै हिमालय ऊर्जा विकास कम्पनी ५.१०, सिन्धु विकास बैंक ४.५८, जोशी हाइड्रोपावर ३.७५, सानिमा बैंक ३.३०, एनआइसी एसिया ब्यालेन्स फण्ड २.३१ र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले २.२४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : २९ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप