विद्यालय क्षेत्र विकासका लागि जापानद्वारा ३३ करोड ५० लाख अनुदान  « Khabarhub

विद्यालय क्षेत्र विकासका लागि जापानद्वारा ३३ करोड ५० लाख अनुदान 


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानी अनुदान उपयोगी हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : ३६ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३