सेनाद्वारा धुलिखेलमा विपद प्रतिकार्य पूर्वाभ्यास « Khabarhub

सेनाद्वारा धुलिखेलमा विपद प्रतिकार्य पूर्वाभ्यास


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- वर्षाका बेला जहाँ जतिखेर पनि विपद् पर्नसक्छ । त्यसको तयारीका लागि सुरक्षाकर्मी जुनसुकै बेला तयार रहनुपर्दछ ।

त्यसैको पूर्व अभ्यासस्वरुप आज जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपदमा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा धुलिखेलमा पूर्वअभ्यास कार्य सम्पन्न गरेको छ ।

नेपाली सेनाको विष्णुदल गणले घरभित्र विपदमा परेका र गहिरो खोंचमा फसेकालाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर खोज तथा उद्धार टोलीले गर्ने अभ्यासको प्रदर्शन देखाएको हो ।

सो नमूना उद्धार कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नमूना अभ्यासले विपदमा शीघ्र उद्धारका लागि ठूलो टेवा दिने बताए ।

सो क्रममा नेपाली सेनाको विष्णुदल गणले धुलिखेल नगरपालिकाबाट करिब रु आठ लाखको प्राप्त अत्यावश्यक उद्धार सामग्री नगरप्रमुख अशोक ब्याञ्जुले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तरण गरे ।

उनले अब छिट्टै पनौती नगरपालिका र रोशी गाउँपालिकाले उपलब्ध गराउने तयारीमा रहेको जनाउँदै सबै तहमा गठित विपद व्यवस्थापन समिति विपद प्रतिकार्यमा खटिनपर्ने अवस्था आउनसक्ने भएकाले तयारी अवस्थामा रहनसमेत आग्रह गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : २२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना