जापानमा कोरोनन संक्रमण दर बढ्दो, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित « Khabarhub

जापानमा कोरोनन संक्रमण दर बढ्दो, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा कोभिड–१९ बाट थप संक्रमितको संख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

जापानमा दैनिक संक्रमित हुने कोभिड–१९ विरामीको संख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि संक्रमण दर बढ्दो अवस्थामा रहेको छ ।

यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना संक्रमित भेटिएबाहेक एकै दिन यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप संक्रमित भएको जनाएको छ । टोकियोमा पनि एकै दिन तीन सयभन्दा बढी व्यक्ति संक्रमित भेटिएको यो नै पहिलो पटक हो ।

टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै संक्रमित हुने ओसाका क्षेत्रमा १०४ र टाकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति संक्रमित भेटिएका छन् ।

जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा संक्रमणपछि मृत्यु भएका थिए ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका संक्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ०८ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता