जापानमा कोरोनन संक्रमण दर बढ्दो, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित | Khabarhub Khabarhub

जापानमा कोरोनन संक्रमण दर बढ्दो, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा कोभिड–१९ बाट थप संक्रमितको संख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

जापानमा दैनिक संक्रमित हुने कोभिड–१९ विरामीको संख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि संक्रमण दर बढ्दो अवस्थामा रहेको छ ।

यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना संक्रमित भेटिएबाहेक एकै दिन यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप संक्रमित भएको जनाएको छ । टोकियोमा पनि एकै दिन तीन सयभन्दा बढी व्यक्ति संक्रमित भेटिएको यो नै पहिलो पटक हो ।

टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै संक्रमित हुने ओसाका क्षेत्रमा १०४ र टाकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति संक्रमित भेटिएका छन् ।

जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा संक्रमणपछि मृत्यु भएका थिए ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका संक्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ०८ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।