काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार « Khabarhub

काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

विहीबार साँझ बाफलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

एक युवकले कार्कीमाथि एसिड प्रहार गरेर फरार भएको उनले बताए । फरार युवकको खोजी भइरहेको छ ।

‘एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ।’ एसएसपी ज्ञवालीले भने।

साँझ पसल निस्किएको समयमा उनीमाथि एसिड प्रहार भएको बुझिएको एसएसपी ज्ञवालीले बताए । एसिड परेर घाइते भएकी युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍यााइसकिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ९ : ५० बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार