बेलारूसको सीमा क्षेत्रमा आफ्नो उपस्थिती नरहेको नेटोको प्रष्टोक्ति « Khabarhub

बेलारूसको सीमा क्षेत्रमा आफ्नो उपस्थिती नरहेको नेटोको प्रष्टोक्ति


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भनेजस्तो बेलारूसको सीमा क्षेत्रमा आफ्नो कुनै किसिमको उपस्थिती नरहेको नेटोले प्रष्ट्याएको छ ।

बेलारूसका राष्ट्रपति लुकाशेन्कोले नेटोलाई लक्षित आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सेनाको तैनाथी बढेको बताएपछि अमेरिकासहित विभिन्न युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले उक्त आरोपको खण्डन गरेको हो ।

विगत २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका एलेक्सान्डरले नेटो सेना आफ्नो देशमा अस्थिरता पैदा गरी अर्को राष्ट्रपति चयन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

सैन्य पोसाकमा सार्वजनिक हुँदै एलेक्सान्डरले पोल्याण्ड र लिथुवानियाका सेनाले आफूलाई तयारी अवस्थामा राखेको भन्दै बेलारुसी सेनालाई देशको पश्चिमी सीमा तर्फ पठाएको बताएका थिए ।

तर, नेटोले भने उक्त आरोप अस्वीकार गरेको छ । आफूबाट बेलारुस वा अरु कुनै देशलाई कुनै पनि प्रकारको चुनौती नरहेको नेटोले जनाएको छ ।

दुई साताअघि भएको चुनावको परिणामपछि बेलारुसमा प्रदर्शन हुँदै आएको छ । राष्ट्रपतिमा एलेक्सान्डर पुनः विजयी भएको घोषणा निर्वाचन आयोगले गरेपछि विपक्षीले चुनावमा धाँधली भएको भन्दै बेलारुसमा प्रदर्शन गर्दै आएका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : २५ बजे

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल