विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना संक्रमण, ८ लाख ८ हजारको मृत्यु « Khabarhub

विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना संक्रमण, ८ लाख ८ हजारको मृत्यु


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७१० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख २ हजार १०२ पुगेको छ । त्यसमध्ये ३८ लाख ६१ हजार ३७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २८ हजार ९०८ जनाको मृत्यु भएको छ । ६२ लाख १५ हजार २५६ जना संक्रमित भएकोमा ४८ लाख ८५ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८७ हजार ४७३ जनाको मृत्यु भएको छ । ५७ लाख ५ हजार ६५८ जना संक्रमित भएकोमा ४२ लाख ४८ हजार १०५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार ६४९ जनाको ज्यान गएको छ भने ११ लाख ८३ हजार १८२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख २ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५१२ जनाको मृत्यु भएको छ । २६ हजार ९८६ जना संक्रमित भएकोमा २० हजार ६८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ३५ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४