मास्क नलगाउने एक हजार ४०० सय जनालाई कारवाही | Khabarhub Khabarhub

मास्क नलगाउने एक हजार ४०० सय जनालाई कारवाही


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गरेको छ ।

उनीहरूबाट एक लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप १०० का दरले जरिवाना गर्दा उक्त रकम संकलन भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

हाल विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसविरुद्धको जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशनबमोजिम तनहुँ जिल्लावासी जनतामा सचेतना जगाउँदै आएको प्रजिअ आचार्यले बताए ।

पछिल्लो समयमा कोरोना भाइरस अनपेक्षितरूपमा फैलिँदै आएकाले त्यसको प्रत्यक्ष असर समुदायस्तरमा समेत देखापरेकाले वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामका लागि मास्क नलगाई पैदल हिँड्ने तथा सवारी साधन चलाई हिँड्ने व्यक्तिलाई कारवाही गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा गत भदौ १ गतेदेखि प्रतिव्यक्ति १०० का दरले जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

शुरुमा पहिलोपटक मास्क लगाएर मात्रै हिँड्न भनेर सचेतना गराए पनि पटक–पटक जानकारी गराउँदा पनि अटेर गर्ने व्यक्तिलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : ०५ बजे

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको

यी भूभागमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल