फुटबलर श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति | Khabarhub Khabarhub

फुटबलर श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन फुटबल लिग क्लब हिमालयन शेर्पाका स्टाइकर विश्वास श्रेष्ठको घरमा आगो लागेको छ।

श्रेष्ठको स्याङ्जा वालिङस्थित घरमा शनिबार राति आगो लागेको हो।

‘बेलुका खाना बनाइसकेपछि ग्यास बन्द गर्ने बेलामा ग्यास लिक भएर आगो लागेछ,’ फुटबलर श्रेष्ठले भने, ` आमालाई हल्का चोट लागेको छ। घरमा धेरै क्षति भयो।’

आगलागी भएपछि वालिङ नगरपालिकाको दमकल र स्थानीयहरु मिलेर आगो निभाएका थिए। झण्डै १५/२० लमख बराबरको क्षति भएको उनले खबरहबसँग बताएका छन्।

श्रेष्ठले चोटका कारण गएको सिजनको ए डिभिजन लिगबीचमै छाड्नु परेको थियो। त्यसयता उनी स्याङ्जामै बस्दै आएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ०४ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा