कास्कीको निषेधाज्ञा नहटाउन कांग्रेसको माग | Khabarhub Khabarhub

कास्कीको निषेधाज्ञा नहटाउन कांग्रेसको माग


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो ।

निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै कांग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ ।

कांग्रेसले शुरुआतको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरण गर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधासहित पर्याप्त उपचारको व्यवस्था मिलाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि आर्थिक अनियमिततामा लिप्त रहेको, विभिन्न संङ्घसंस्थाले उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको भन्दै विज्ञप्तिमा त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र सङ्कलित तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

निषेधाज्ञाको समयमा जनताका समस्याप्रति जिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई कांग्रेसले आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गर्दै कांग्रेसले कोरोना सङ्क्रमणका कारण उपचार गराई रहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ३७ बजे

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी

चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति

प्रचण्ड-नेपाल भेटवार्ता, सहकार्य तथा एकताको सम्भावनाबारे छलफल  

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता