यो मितिमा तोकियो ‘चिसो मान्छे’ को प्रदर्शन मिति « Khabarhub

यो मितिमा तोकियो ‘चिसो मान्छे’ को प्रदर्शन मिति


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनालले घोषणा गरेको फिल्म ‘चिसो मान्छे’ आउँदो वर्षको भदौ ११ गते रिलिज हुने भएको छ ।

केही समयअघि निर्देशक खनालले सामाजिक सञ्जालमार्फत यो फिल्म निर्माणको घोषणा गरेका थिए । उनका अनुसार फिल्म घाममा खिचिने छैन ।

फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् भने निर्देशन खनालको रहनेछ । डिएस डिजिटल प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा कलाकारको छनोट अझै गरिएको छैन । फिल्ममा नेपालको सुदूरपश्चिम क्षेत्रको परिवेश समेटिने निर्देशक खनालले बताए ।

‘अहिलेको विषम परिस्थितिले सिर्जित अन्योल चाँडै अन्त्य हुनेछ भन्ने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्छ भन्ने सोचका साथ हामीले निर्माण कार्य अगाडि बढाएका छौं,’ दीपेन्द्र के खनाल भन्छन् ।

यसअघि दीपेन्द्रको लेखन तथा निर्देशन रहेका फिल्म पशुपति प्रसाद, आमा लगायत फिल्मले चर्चा कमाएका थिए । ‘चिसो मान्छे’ को यतिबेला स्क्रिप्टमा काम भइरहेको छ । ‘यो लकडाउनको समयलाई फिल्मको स्क्रिप्ट लेखनमा सदुपयोग गरिरहेको छु, परिस्थिति सामान्य बन्नासाथ हामीले बाँकी काम थाल्छौं’ खनालले भने ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : २५ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल